मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप्ने सरकारको निर्णय
काठमाडौं : सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो।