हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइयो
![हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइयो](https://annapurnapost.prixacdn.net/media/albums/1_M8awAARFHU_AgPrhLHzwA.jpg)
काठमाडौं : सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुई वटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो। केही बेरपछि शवहरूको पोस्टमार्फत् गरिने अस्पताल स्रोतले जानकारी दिएको छ।
मंगलबार विहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका-५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिन नागरिकको मृत्यु भएको थियो।
सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन 'एनए-एमभी कलसाइन' भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो।
तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)