प्रविधिमैत्री बन्दै बडीमालिका

प्रविधिमैत्री बन्दै बडीमालिका
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बाजुरा : बडीमालिका नगरपालिकाले आर्थिक वर्षबाट पालिकाका सबै सेवालाई अनलाइन प्रविधिमार्फत् सेवा दिने तयारी थालेको छ । पालिकाका ९ वटै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयका सेवा सुविधालाई डिजिटल प्रविधिमार्फत् अनलाइन सेवा तयारी थालिएको बडीमालिका नगरपालिकाका सूचना प्रविधी अधिकृत हेम थापाले बताए ।  

नगरपालिकाले ६ महिनादेखि डिजिटल प्रविधि जडानको कार्य भइरहेको छ। पहिलो चरणमा पालिका र सबै वडा कार्यालय र दुईवटा सामुदायिक विद्यालयबाट सेवा सुरु गरिनेछ । सेवाग्राहीलाई पालिकामै आइरहनु पर्ने र सेवाका लागि काजगपत्र बोक्नुपर्ने समस्या अन्त्य गर्ने गरी डिजिटल पालिका बनाउन खोजिएको नगर प्रमुख अम्मर खड्काले बताए । 

प्रविधिमैत्री सेवा र सुशासनयुक्त बडीमालिका बनाउने अभियान डिजिटल सेवासँगै सुरुवात गर्न खोजिएको छ । वडा कार्यालयमा इन्टरनेट जडान,सोलार तथा विद्युतको व्यवस्थापन,कम्प्यूटर जडान र अनलाइन सेवामा काम गर्न जनशक्ति विकास पालिकाले गरिरहेको छ। 

वडा कार्यालयबाट सिफारिस ल्याएर पालिका आउने र पत्र बनाएर फेरि घर फर्किनु पर्ने बाध्यता हट्ने नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम  अन्तर्गत सेवा विस्तार हुन लागेको हो । 

बडीमालिकासहित सुदूरपश्मिच प्रदेशका चारवटा पालिकामार्फत् नमूना कार्यक्रमका रुपमा सुचारु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् । कार्यक्रम नमूना र सफल बनाउनै पर्नेछ, हाम्रै सिकाइ र अभ्यास पछि अन्य पालिकामा विस्तार गर्ने तयारी छ,'अधिृकत विकले भने ।

डिजिटल बडिमालिका बनाउन पालिकाले ६० लाख र सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदार कोषको १ करोड ४० लाख गरि २ करोड बजेटमा सञ्चालन हुन लागेको हो । सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको हो ।  

प्रविधि जडानसँगै पालिका मातहतका सबै कार्यालयका दर्ता,चलानी, सिफारिस, सूचिदर्ता, योजना, राजस्व, व्यवसाय दर्तालगायतका कार्यहरु अनलाइन प्रविधिबाट गरिने हुनेछन् । प्रविधि जडानपछि विपत व्यवस्थापन, न्यायीय सेवा, सामाजिक विकास सेवा, एसएमएस सेवा र खबर आदान प्रदान पनि अनलाइनमार्फत् नै गरिने छ ।  

पालिकाका ९ वटै वडा कार्यालय, मालिका नमूना मावि, सत्यवादी मावि भौनेरेलाई आवश्यक सबै सामग्री र उपकरण जडान गरिसकिएको छ । जनशक्ति समेत तयार पारेर सेवा प्रवाहबारे ज्ञान सीप समेत हस्तान्तरण गरिसकिएको सूचना प्रविधि अधिकृत थापाले बताएका छन्।  

यतिबेला परियोजनाका तालिम तथा अभिमुखीकरण, अनुगमन तथा मुल्याकंन,प्रविधिमैत्री शिक्षाबारे सचेतना कार्यक्रम भइरहेका छन्। गुनासो सुनुवाई समेत प्रविधिबाटै प्राप्त गरी जवाफ गर्न मिल्ने बताइएको छ। नगर पालिकाले डिजिटल प्रविधिमैत्री पालिका हुने कुरालाई राम्रो उपलब्धी र नमूना कामका रुपमा लिएको छ।

'जनतालाई छिटो र छरितो सेवा दिनुपर्ने हाम्रो जिम्मेवारी हो,आउने समयमा काम नहुने,कतै सिफारिस समेत बिग्रिने र हैरानी व्यहोर्ने कुराले जनतालाई सास्ती हुने हुँदा प्रविधि जडानपछि सबै समस्या हट्ने नगर उपप्रमुख नन्दा थापाले बताइन् । 

सिफारिसका लागि मात्रै पालिका पुग्न दिनभर लगाउनु पर्ने बाध्यता छ । सीसी क्यामरा,मल्टिमिडिया,कम्प्युटर सर्भर,सोलार पाता, इन्टरनेट सबै जडान गरिसकिएकाले आर्थिक वर्षको सुरुवातमै सेवा सञ्चालनको तयारी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.