राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक,२०८० र राष्ट्र ऋण उठाउने विधेयक,२०८० बहुमतले पारित गरेको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका  थिए।

बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । उक्त विधेयकहरू संशोधन बिना मूल रुपमै पारित भएको छ । बैठकमा राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री डा. महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताए थिए । अहिले पनि नेपालमा सुर्तीजन्य वस्तुमा उच्च कर नै रहेको उनले बताए । उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने पनि जानकारी दिएका थिए।

अहिले मूल्यवृद्धि घट्दै गएको र सकारात्मक दिशातर्फ मुलुकको अर्थतन्त्र अगाडि बढेको बताए । राष्ट्रियसभाको अर्को बैठक साउन १ गते बोलाइएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.