जिरी प्राविधिक शिक्षालयमा फार्मेसी कक्षा सञ्चालन हुने

जिरी प्राविधिक शिक्षालयमा फार्मेसी कक्षा सञ्चालन हुने
सुन्नुहोस्

दोलखा : जिरी प्राविधिक शिक्षालय (जेटिएस) मा फार्मेसी डिप्लोमा तहको कक्षा सञ्चालन हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को निर्णयअनुसार चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो। 

आगामी शैक्षिक सत्रबाट स्वास्थ्यतर्फ फार्मेसी डिप्लोमा तहको कक्षा सञ्चालन हुने भएको छ। नेपालकै नमूना मानिने जेटिएसमा आगामी साउनबाट कक्षा सञ्चालन हुने भएको हो। 

कक्षाका लागि ४० कोटामा भर्ना लिइने शिक्षालयका प्रमुख कर्म शेर्पाले बताए । एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन दिन सक्ने उनको भनाइ छ। यसअघि शिक्षालयमा  कृषि र पशु विज्ञानतर्फ डिप्लोमा तह र सिभिलतर्फ सिभिल इन्जिनियरको कक्षा सञ्चालन हुँदै आएको थियो। 

कृषि विज्ञानमा ४०, पशु विज्ञानमा ४० र सिभिल इन्जिनियरिङतर्फ ४० जनाको कोटा रहेको छ। अब फार्मेसीतर्फ तीन वर्षे डिप्लोमा तहको कक्षा सञ्चालन भएपछि जेटिएसमा डिप्लोमा तह अध्ययनका लागि एकैसाथ १६० जना विद्यार्थी भर्ना हुन पाउने छन्। बाली र पशु विज्ञानतर्फ ७५ हजार र सिभिल इन्जिनियरिङतर्फ ९० हजार शुल्क तोकिएको छ।

कक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ। एनाटोमी ल्याब, फिजियोलोजी ल्याब र हेल्थ क्लिनिक तयारी अवस्थामा छ भने अन्य ल्याबहरू आगामी वर्षबाट थप गरिने छ। फार्मेसी तर्फको तीन वर्षे डिप्लोमा अध्ययनका लागि जम्मा एक लाख १० हजार शुल्क प्रस्ताव गरिएको शिक्षालयका प्रशिक्षक कुमार अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.