सिन्धुलीमा कमला नदीमा डुबेर बालकको मृत्यु
![सिन्धुलीमा कमला नदीमा डुबेर बालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_w4G0IQREYJ_YAcKbnrM8L.jpg)
सिन्धुली : सिन्धुलीमा कमला नदीमा डुबेर बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दूधौली नगरपालिका-२ भलुवाहीका सुकदेव कुमरको छोरा ८ वर्षीय आयुष कुमर रहेका छन्।
उनको घर नजिकै कमला नदीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले बताए।
घरका मानिस खेतमा काम गर्न गएको अवस्थामा आयुष नदीमा डुबेको अवस्थामा गाई गोठालोले भेटेका थिए। आयुषलाई स्थानीयले तत्काल उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको भए पनि त्यहाँका डाक्टरले मृत घोषणा गरेको दाहालको भनाइ छ।
बालक आफैं नदीमा पौडी खेल्दा डुबे वा अन्य कारण खुलेको छैन। अहिले बालकको शव अस्पतालमै राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)