कमलामाईका सात सहकारी खारेज
![कमलामाईका सात सहकारी खारेज](https://annapurnapost.prixacdn.net/media/albums/sindhuli_r7k0r0SUdZ_Ar8BRlCvx4.jpg)
सिन्धुली : कमलामाई नगरपालिकाले मातहतका सातवटा सहकारी संस्थाको दर्ता खारेजी गरिदिएको छ । दर्ता भएको लामो समयसम्म पनि कुनैपनि कारोवार तथा गतिविधि नगरी निष्कृय रहेका सातवटा सहकारी संस्था खारेज गरेको हो ।
कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालका अनुसार कमलामाई नगरपालिका- ८ मा रहेको कमलामाई सृजनशील जडीबुटी सहरकारी संस्था, वडा नम्बर ३ मा रहेको जनशक्ति जुनार उत्पादन कृषि सहकारी संस्था, वडा नम्बर १० को वनस्पति जडीबुटी र एकीकृत सामुदायिक विद्युत सहकारी संस्था खारेज भएका हुन्।
यस्तै कमलामाई नगरपालिका -११ रानिचुरीमा रहेका रानीचुरी कृषि सहकारी संस्था,वडा नम्बर १४ रानिवासमा रहेको रानिवास दलित उत्थान कृषि सहकारी संस्था र वडा नम्बर ११ मा रहेको रानीचुरी दलित उत्थान सहकारी संस्थाको दर्ता खारेजी गरिएको हो ।
यी सहकारी संस्थाहरू २०५९ देखि २०७१ सम्ममा डिभिजन सहकारी कार्यालय धनुषामा दार्ता भएका थिए । ‘यी सहकारी संस्था लामो समयदेखि निष्कृय रहेको पाइएपछि सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा कमलामाई नगरपालिका सहकारी ऐन २०७५ को दफा ६६ (विघटन र दर्ता खारेज) को उपदफा ५ बमोजिम दर्ता खारेज गरिएको हो,’दाहालले भने।
खारेज भएका सहकारी संस्थाबाट अब कुनै किसिमका कारोबार नहुने दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)