देवघाटमा भक्तजनको भीड (फोटोफिचर)
चितवन : साउनमा मानिने बोलबम मेलामा यो वर्ष भक्तजनको संख्या अत्यधिक बढेको छ। औंसी, संक्रान्ति र सोमबार एकैदिन परेको कारण देवघाटमा भक्तजनको भीड लागेको हो।
धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पुण्य मिल्ने विश्वास गरिन्छ। सोमबार ५० हजारभन्दा बढी दर्शनार्थी देवघाट पुगेको अनुमान गरिएको छ
भजनकिर्तनदेखि नदी किनारमा स्नान गर्नेको भीड उत्तिकै थियो। अघिल्लो वर्षको तुलनामा यसपटक बोलबम मेलामा देवघाटमा झण्डै पचास हजार बढी दर्शनार्थी थिए।