सिन्धुलीमा दुईवटा बेवारिसे मोटरसाइकल फेला

सिन्धुलीमा दुईवटा बेवारिसे मोटरसाइकल फेला

सिन्धुली : पछिल्लो समय सिन्धुलीमा मोटरसाइकल चोरीका घटना बढिरहेका बेला प्रहरीले दुईवटा बेवारिसे मोटरसाइकल फेला पारेको छ। 

प्रहरी चौकी ढुंङ्ग्रेवासबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार कमलामाई नगरपालिका-४ हिरापानीस्थित साथी होटल जाने सहायक सडकमा बेवारिसे अवस्थामा छाडिएका दुईवटा मोटरसाइकल फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरञ्जीवी दाहालका अनुसार बागमती प्रदेश ०२–०३३ प २६५९ नम्बरको कालो २०० सीसीको एनएस मोटरसाइकल र  प्रदेश २–०२–००४ प १२९१ नम्बरको दुई सय सीसीको रातो एनएस मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको हो। 

उक्त मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान थालिएको छ। अनुसन्धानका क्रममा  बागमती प्रदेश ०२–०३३ प २६५९ नम्बरको कालो २०० सीसीको एनएस मोटरसाइकल इलाम पञ्चकन्या नगरपालिका-६ घर भई हाल बालकुमारी काठमाडौं बस्ने वर्ष ३० को पुजन राईले आफ्नो भनी दावी गरेपछि सोमबार खोजेको बखत ल्याउने गरी बुझाइएको पनि दाहालले जानकारी दिए। 

राईले आफ्नो मोटरसाइकल चोरी भएको दावी गरेका छन्। अर्को प्रदेश २–०२–००४ प १२९१ नम्बरको दुई सय सीसीको रातो एनएस मोटरसाइकल भने कसको भन्ने अझै नखुलेको बताइएको छ। 

दुवै मोटरसाइकल चोरी गरी ल्याइएको र प्रहरीले थाहा पाउने डरले बेवारिसे अवस्था छाडी भागेको हुनसक्ने आंकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.