वातावरणलाई असर पुर्‍याउने उद्योगी-व्यवसायीलाई विकास बैंकले हरित कर्जा सुविधा नदिने

वातावरणलाई असर पुर्‍याउने उद्योगी-व्यवसायीलाई विकास बैंकले हरित कर्जा सुविधा नदिने
सुन्नुहोस्

काठमाडौं : विकास बैंकहरूले अब दिगो विकासमा केन्द्रित भएर लगानी गर्ने भएको छ। सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका हुन्। एसोसियशनकाअनुसार कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायीले हरित कर्जा सुविधा लिन पाउने छैनन्।

डेभलपमेण्ट बैंकर्स एसोसियशन नेपालको बुधबार बसेको कार्य समिति बैठकले दिगो विकासका लागि विभिनन ९ शीर्षकमा लगानी गर्ने निर्णय गरेको हो। जसअन्तर्गत कृषिजन्य उद्यम, बनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार/रोपवे, विद्युतीय सवारी साधन र फोहोर पानी प्रशोधन गर्ने उद्यमलगायतमा विकास बैंकको कारोबार केन्द्रित हुने भएको छ। 

एसोसियशनकाअनुसार बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मकरूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउन खोजेका हौं। हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ।

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्धति निक्षेपमा भन्दा ०.२५ प्रतिशत अंकले बढी व्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’मा अन्य सोही प्रकृतिको कर्जा योजनामा  भन्दा शून्य दशमलव पच्चिस प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्टपेपर विकास गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।
 
सदस्य बैंकहरूले अब बैंकको व्यवसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्ट पेपरलाई विकास गर्नसक्ने निर्णय पनि एसोसियशनले गरेको छ। यसअनुसार अब सबै विकास बैंकका सञ्चालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराई ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एसोसियशनले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको एसोशिएशनले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.