श्रीलङ्काको संसदद्वारा बिना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित

श्रीलङ्काको संसदद्वारा बिना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित
सुन्नुहोस्

अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।

कोलम्बो : श्रीलङ्काको संसदले बुधबार बिना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित गरेको संसदको सञ्चार एकाइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसदको सञ्चार एकाइका अनुसार उक्त विधेयक संशोधनसहित पारित भएको हो । यसअघि उक्त विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।

अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग आफ्नो मुलुकको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार भ्रष्टाचार विरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानून जोडिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.