इरानसँग चौबीसै घण्टा संवाद भइरहेको ट्रम्पको दाबी
वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीचको वार्ता रोकिएको दाबी गरिएका समाचारहरू झूटो भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले मङ्गलवार राति ढिलो गरी इरान र अमेरिकाबीच लगातार कुराकानी भइरहेको स्पष्ट पारेका हुन्। यद्यपि, यो वार्ता कुन दिशामा अघि बढ्छ भन्ने कुरा भने कसैलाई थाहा नभएको उनले बताए।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक पोस्ट लेख्दै ट्रम्पले भनेका छन्, 'केही दिनअघि इरान र अमेरिकाबीचको वार्ता बन्द भएको भन्ने समाचारहरू पूर्णतः गलत हुन्। हाम्राबीच लगातार संवाद भइरहेको छ- चार दिनअघि, तीन दिनअघि, दुई दिनअघि, एक दिनअघि र आज पनि वार्ता भएको छ।'
उनले अगाडि लेखेका छन्, 'यो वार्ता कहाँ पुग्छ, कसैलाई थाहा छैन। तर मैले इरानलाई भनेको छ'- 'अब कुनै न कुनै रूपमा सम्झौता गर्ने समय आएको छ। तिमीहरूले जे गरिरहेका छौ, त्यो विगत ४७ वर्षदेखि चलिरहेको छ र अब यसलाई यसरी नै अघि बढाउन सकिँदैनु।'
यसअघि, लेबनानमा भइरहेका आक्रमणहरूका कारण वार्ता रोकेको इरानले बताएको थियो। तर, ट्रम्पको सल्लाहपछि इजरायलले लेबनानमाथिको आक्रमण रोक्ने कुरा जनाएको थियो।
प्रतिक्रिया दिनुहोस !