लम्पी स्किन रोगबाट बागलुङमा १६६ पशु मरे

लम्पी स्किन रोगबाट बागलुङमा १६६ पशु मरे
फाइल तस्बिर।
सुन्नुहोस्

‍बागलुङ : बागलुङमा लम्पी स्किन रोगको प्रकोप व्यापक रुपमा देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार जिल्लाका १० वटै पालिकामा लम्पी स्किन रोग फैलिँदा असार २५ गतेसम्म १६६ गाईभैंसी मरेका छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषि सापकोटाले बागलुङमा बैशाख १२ गतेदेखि लम्पी स्किन रोगको प्रकोप देखा परेको र २ हजार ९ सय १२ गाईभैसीमा समस्या देखिएको बताए । उनले प्रकोप लागेका गाईभैसीमा मृत्युदर ५.७ प्रतिशत रहेको र भैसीमा २.३ प्रतिशत संक्रमण दर रहेको बताए ।

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार बागलुङमा सबैभन्दा धेरै संक्रमण र मृत्यु ढोरपाटन नगरपालिका र कम ताराखोला गाउँपालिकामा देखा परेको छ । ढोरपाटन नगरपालिकामा एक हजार २ सय पशुमा रोगको संक्रमण देखापर्दा ६० वटा मरेको र ताराखोला गाउँपालिकामा १३ पशुमा संक्रमण देखापर्दा एक वटाको मरेको प्रमुख सापकोटाले बताए ।

निसीखोला गाउँपालिकामा ५ सय १३ पशुमा संक्रमण देखिँदा २५ को मृत्यु भएको छ भने जैमिनी नगरपालिकामा ३ सय पशुमा संक्रमण देखिँदा ३५ पशु मरेका छन् । यस्तै  बागलुङ नगरपालिकामा २ सय २१ पशुमा संक्रमण देखिँदा ५ पशु मरेका छन् भने तमानखोला गाउँपालिकामा १ सय ८९ पशुमा संक्रमण देखिँदा ५ पशु मरेका छन् । 

त्यसैगरी बडिगाड गाउँपालिकामा १ सय ८१ पशुमा संक्रमण देखिँदा ५ पशुको मृत्यु, गलकोट नगरपालिकामा १ सय ४२ पशुमा संक्रमण देखिँदा ४ पशुको मृत्यु, बरेङ गाउँपालिकामा एक सय पशुमा संक्रमण देखिँदा ५ पशुको मृत्युभएको छभने काठेखोला गाउँपालिकामा ४५ पशुमा संक्रमण देखिँदा २ पशुको मृत्यु भएको प्रमुख सापकोटाले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख सापकोटाले रोगी पशुको खोज तथा उपचार सबै स्थानीय तहको पशु सेवा शाखाबाट भएको र भेटेरीनरी अस्पतालबाट आवश्यक प्राविधिक परामर्श तथा आवश्यक भएको स्थानमा औषधिको व्यवस्था गरिएको बताए । उनले रोगको संक्रमणको रोकथामका लागि पशुमा खोप लागाउन सुरु भएको जानकारी दिए । 

प्रमुख सापकोटाका अनुसार बागलुङमा स्थानीय तह र कृषकहरुले खरिद गरेर एक हजार एक सय र भेटेरिनरी अस्पताल तथा पशु  सेवा विज्ञ केन्द्रको सहयोगमा ८ सय ७५ पशुमा खोप लगाइसकिएको बताए । उनले केन्द्रबाट ४ हजार ५ सय डोज खोप स्थानीय तहलाई उपलब्ध गराइएको र स्थानीय तहका पशु सेवा शाखाबाट खोप लगाउन सुरु भइसकेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.