कांग्रेस केन्द्रीय समितिको बैठकमा मनाइयो गगन थापाको जन्मोत्सव
काठमाडौं : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मोत्सव मनाइएको छ।
बैठक स्थगित भएको र शुक्रबार फेरि बस्ने जानकारी गराएलगत्तै पार्टी सभापति शेरबहादुर देउवाको अनुमति लिएर महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री थापाको जन्मोत्सवमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका थिए।
महामन्त्री शर्माले भने, 'हरेकका लागि हरेक दिन महत्वपूर्ण हुन्छ नै। त्यसमा पनि आफू जन्मिएको दिन झन विशेष हुने भएकाले आज महामन्त्री गगन कुमार थापाको जन्मोत्सवमा सहभागी हुन आग्रह गर्दछु।'
कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम शुक्रबार पनि जारी रहनेछ।
प्रतिक्रिया दिनुहोस !