१०० किलो सुन प्रकरणमा गृहमन्त्रीको पनि नाम मुछियो,राजीनामा मागौं : जीतजंग बस्नेत

१०० किलो सुन प्रकरणमा गृहमन्त्रीको पनि नाम मुछियो,राजीनामा मागौं : जीतजंग बस्नेत

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम आएको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली  र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको नाम आएको बताए। 

उनले  सुन तस्करीमा गृहमन्त्रीको नाम आएकाले राजीनामा माग्नुपर्ने बताए।

'ठूलो ठूलो कुरा गर्नु हुन्थ्यो गृहमन्त्री नारायणकाजी । आज उहाँको नाम आएको छ,'उनले भने,' उहाँको विषयमा राजीनामा माग्न जाऔं। को को मान्छे सुन तस्करीमा छन् । छानविन गर्ने कि नगर्ने?'  यस विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ?

सुन प्रकरणको सत्यतथ्य छानविन गरी छिटोभन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
 
उनले पार्टीभित्र सभापति र आफ्नै नेताहरूलाई खुल्याएर आफू ठूलो हुने प्रवृत्ति बढ्दै गएको बताए। सरकारले कालोबजारी रोक्न नसकेको उनको भनाइ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.