स्याङ्जाको गल्याङमा ड्रागन फल उत्पादन
![स्याङ्जाको गल्याङमा ड्रागन फल उत्पादन](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_uMqQr4JkVQ_ll4TDkqJbt.jpg)
स्याङ्जा : गल्याङका हुमनाथ भट्टराईले २ वर्षमै ड्रागन फल फलाए। उनले दुई वर्षअघि आफैंले धान, मकै उब्जाउँदै आएको ६ रोपनी जग्गामा ड्रागन खेती सुरु गरे।
उनले सूर्योदय कृषि तथा पशुपालन फर्म मार्फत उनले ड्रागन खेती गरेका हुन्। सुरुमा उनले ६ सय विरुवा लगाए। ड्रागनका लागि सर्पोर्ट चाहिने हुँदा उनले एक सय ५० वटा पिलर समेत बनाए। सोही पिलरमा अहिले ड्रागनका फल राताम्यै भएका छन्।
यातायात व्यवसायी समेत रहेका भट्टराईले युट्युब हेरेर ड्रागन खेतीप्रति आकर्षण बढेको बताए। सबै खालका बिरामीका लागि उपयुक्त फल मानिएकाले पनि यसतर्फ रुचि जागेको उनको भनाइ छ।
यसपटक ३ सय बिरुवाले फल दिएको र बजारको समस्या नभएको उनले बताए। ‘प्रतिकिलो ५ सय रुपैयाँका दरले स्थानीय बजारबाट बिक्री गरेको छु। पहिला निःशुल्क चखाउँछु। त्यसपछि उनीहरू नै किनेर खान्छन्। सबै गरेर ५ लाख लगानी भएको छ। अर्को वर्ष सबै उठाएर नाफामा जान्छु। राम्रो खेती रैछ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)