मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ : सभाभुख
काठमाडौं : सभामुख देवराज घिमिरेले मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन्।
संघीय संसद सचिवालयले शुक्रबार काठमाडौंको चन्द्रागिरिमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवं अन्तक्रिया उद्घाटन गर्दै सभामुख घिमिरेले आवश्यक कानून बनाउँदै मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका हुन्।
अहिले तीन तहको सरकार सहितको संघीय व्यवस्थालाई कार्यान्वयन गर्न विश्वका साथै नेपाली जनताले ठूलो आकांक्षाका साथ हेरिरहेको उनले बताए। सभामुख घिमिरेले संसदीय प्रणालीलाई थप मजबुत बनाउनका लागि केन्द्र तथा प्रदेश सभाहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
प्रतिक्रिया दिनुहोस !