सुन तस्करीमा भरियामात्रै पक्राउ परे, मालिकलाई पनि पक्रियोस् : मन्त्री किराती

सुन तस्करीमा भरियामात्रै पक्राउ परे, मालिकलाई पनि पक्रियोस् : मन्त्री किराती
सुन्नुहोस्

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमानस्थलमा बरामद भएको सुनको मालिक पक्राउ पर्नुपर्ने बताएका छन्।

नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले सुन प्रकरणमा विगतमा भरियामात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताए।

उनले कसैलाई शक्तिका भरमा संविधान र न्यायभन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दबा दिनुपर्ने बताए। विमानस्थलमा सुन पक्रिएपछि सुदन किरातीको परीक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे। उनले कुनै पनि हालतमा भ्रष्टाचार सैह्य नहुने बताए। मन्त्री किराँतीले आफू मन्त्रालयमा आएपछि नै मौलिक पर्यटनलाई बढावा दिनुपर्ने भन्दै आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.