कांग्रेसलाई जबरजस्ती सत्रु बनाएर गठबन्धन तोड्ने षड्यन्त्र भयो : माधव नेपाल

कांग्रेसलाई जबरजस्ती सत्रु बनाएर गठबन्धन तोड्ने षड्यन्त्र भयो : माधव नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसलाई जबरजस्ती सत्रु बनाएर गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मित्र र शत्रु चिन्न जरुरी रहेको बताए।

'हाम्रो मित्र को हुन् शत्रु को हुन् चिन्न सक्नुपर्छ। तर घुमिफिरी हाम्रो सत्रु कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धन तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्छ,' उनले भने। 

उनले राजनीतिक दलहरूको व्यवहार र सिद्धान्त सोचेजस्तो नहुने भन्दै अहिलेको धरातलमा टेकेर चल्नुपर्ने बताए। 'किनकि यहाँ कम्युनिस्टहरू पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्। हामीले राजनीतिक दलको व्यवहार हेरेर शक्ति वृद्धि गर्न जुट्न आवश्यक छ,' उनले थपे। 

उनले कम्युनिस्ट पार्टीहरू जनतासम्म पुग्न जरुरी रहेको बताए। जनतासम्म नपुगुरै पश्चिम बंगाल र अन्य देशमा कम्युनिस्ट फेलियर भएको उनको भनाइ छ।

'हाम्रो राजनीतिलाई जनतादेखि जनतासम्म पुर्‍याउन जरुरी छ। चिनियाँ कम्युनिस्ट पार्टीले गहन छलफल गरेर एउटा निचोड निकाल्यो। त्यसो नगरेको भए बेहाल हुन्थ्यो। उनीहरूले राजनीतिको केन्द्रबिन्दु जनतालाई मान्न थाले,' उनले भने, 'पश्चिम बंगालमा किन कम्युनिस्ट पार्टी फेल भयो? अन्य देशमा किन फेल भयो। किनकि त्यो जनतासँग जोड्न सकेन।'

उनले पुँजीवादले मुनाफाबाहेक अरु केही नदेख्ने भन्दै जनता केन्द्रित पार्टी हुनुपर्ने बताए। विचारशून्य पार्टी बनाएर बाटोमा भौँतारिन नहुने उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.