नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग इटालीबाट प्रधानमन्त्रीको भर्चुअल संवाद

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग इटालीबाट प्रधानमन्त्रीको भर्चुअल संवाद

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका युआन च्या च्युनसँग इटलीको रोमबाट भर्चुअल संवाद गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य युआनसँग प्रधानमन्त्री दाहालले रोमबाट भर्चुअल संवाद गरेका हुन्।

युआन नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा २६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार बिहान काठमाडौं  आइपुगेका हुन्। प्रधानमन्त्री र युआनबीचको भर्अुचल संवादमा दुई पक्षीय हितका बारेमा छलफल भएको थियो।

युआन नेतृत्वको टोली सिंगापुर र श्रीलंकाको भ्रमण सकेर नेपाल आइपुगेको हो। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन सोमबार रोम पुगेका हुन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.