सुनकोसी–मरिण डाइभर्सन : ७५७१ मिटर खनियो सुरुङ

८ अर्ब ८६ करोड खर्च

सुनकोसी–मरिण डाइभर्सन : ७५७१ मिटर खनियो सुरुङ
सुन्नुहोस्

सिन्धुली : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य ७५७१ मिटर सकिएको छ। कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म ७ हजार ५ सय ७१ मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको हो।

सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्य आयोजना प्रमुख मित्र बरालका अनुसार यो लक्ष्यभन्दा बढी प्रगती हो। ‘अटोमेटिक टनेल बोरीङ मेसिन (टीबीएम) ले सुरुङमार्ग खन्न थालेको ९ महिना १० दिनमा ५६ दशमलव ८६ प्रतिसत सुरुङ खन्ने काम सम्पन्न भएको छ। यो लक्ष्यभन्दा धेरै हो,’ 
उनले भने।null

सुनकोसी–मरिण डाइभर्सनको १३ दशमलव तीन किलोमिटर लामो सुरुङ गत असोज २८ गतेबाट खन्न सुरु गरिएको थियो। कडा चट्टान र धुलो पाउडरका कारण बीचमा दुईपटक अबरुद्ध टीबीएम मेसिन अहिले चुरे क्षेत्र पार गरेर महाभारत क्षेत्रमा प्रवेश गरेको छ।
कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरु गरिएको सुरुङ खन्ने टीबीएम मेसिन हाल महाभारत क्षेत्रस्थित कमलामाई नगरपालिका–३ को कलाघर नजिकै १ हजार ३ सय २० मिटरको उचाइमा पुगेको छ।

आयोजनाले गत आर्थिक वर्ष २०७९/०८० मा १३ प्रतिशत भौतिक प्रगतिको लक्ष्य लिएकोमा २१ दसमलव ४ प्रतिशत र १९ दशमलव २ प्रतिशत वित्तीय लक्ष्य पुरा गरेको समेत बरालको भनाइ छ।

आयोजनाअन्तर्गत हालसम्म ८ अर्ब ८६ करोड खर्च भएको छ। यो आयोजनाका लागि सुरुमा २ अर्ब ८ करोड बिनियोजन भएकोमा अपुग भइ थप १ अर्ब ९ करोड सरकारबाट प्राप्त भएको थियो। गत आवमा ५ अर्ब ४१ करोड प्राप्त भइ खर्च भएको छ। चालु आवका लागि सरकारले बिनियोजन गरेको रकम ४ अर्ब ३९ करोड ५४ लाख रहेकोमा काम अनुसार ११ अर्ब खर्च हुने देखिएको छ।

  •     सुनकोसी–मरिण डाइभर्सनको १३ दशमलव तीन किलोमिटर लामो सुरुङ गत असोज २८ गतेबाट खन्न सुरु गरिएको थियो। 
  •     टीबीएम मेसिन अहिले चुरे क्षेत्र पार गरेर महाभारत क्षेत्रमा प्रवेश गरेको छ।

सुरुङ मार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको थियो। आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड ३९ लाख रहेको छ। हाल सुरुङ मार्गसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीले पाएको छ। पवरहाउस निर्माणका लागि १२ अर्बमा ठेक्का सम्झौंता गरिएको छ। 

पावरहाउसको निर्माण कार्य २०८४ असार २५ गते भित्र सक्ने लक्ष्य छ। ड्याम साइटको कामसमेत ठेक्का सम्झौता गरेर अघि बढाइएको छ। ड्याम निर्माणका लागि पटेल–रमन जेभीले ठेक्का पाएको छ। सुनकोसी गाउँपालिका–६ को कानढुंग्री र मन्थली नगरपालिका–६ रामेछापको बीचमा सुनकोसी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी ड्याम तयार पारिने छ। उक्त ड्यामबाट सुरुङमार्फत् प्रतिसेकेण्ड ६७ क्यूमेस पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ। 

त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेगावाट विद्युत् उत्पादन गरिने छ भने त्यहाँबाट मरिण नदी हुँदै ४४ मिटर तल बागमती नदीमा पानी मिसाएर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्या‍‍उने लक्ष्य राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.