साउदीमा क्यान्सर पीडितलाई सहयोग

साउदीमा क्यान्सर पीडितलाई सहयोग

साउदी : रियाद फुटबल क्लबले क्यान्सर पीडित विवेक विश्वकर्मालाई एक लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ। क्लबले इदका अवसरमा २६ टिमको सहभागितामा फुटबल आयोजना गरेको थियो र पहिलो टोली बनेको थियो।  कार्यक्रम समीक्षा र सम्मानको अवसर पारी लमजुङ-१ का क्यान्सर पीडित विश्वकर्माको उपचारका लागि सो रकम हस्तान्तरण गरेको हो।

त्यस्तै तनहुँको शुक्ला गण्डकी-११ का गंगा बहादुर गुरुङलाई उपचारका लागि  साउदी अरेबियाबाट तीन लाख सहयोग गरेका छन्। उनी लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए। 

परिवारले गुरुङको दुवै मृगौलाले काम गर्न छाडेपछि प्रत्यारोपणमा आर्थिक सहयोगका लागि तमु धि नेपाल प्रवास शाखा साउदी अरेबियालाई जानकारी गराएका थिए। तमु धिले आफ्नो अभियानमा आर्थिक संकलनको सुरवातसँगै तीन लाख नेपाली रुपैयाँ  संकलन गरेको थियो। 

३२ वर्षीय गुरुङ जनवरीदेखि उपचारत छन्। संकलन रकम तमु धिले पीडित परिवारलाई हस्तान्तरण गरेको छ भने साउदीमा कार्यरत  क्यान्सर पीडित  महेन्द्र धमलालाई उपचार गर्न तथा स्वदेश फिर्ताका लागि प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी साउदी अरेबियाले हवाई टिकट उपलब्ध गराएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.