नेपाल एयरलाइन्सको काठमाडौं-रियाद निरन्तर उडान गर्न माग

नेपाल एयरलाइन्सको काठमाडौं-रियाद निरन्तर उडान गर्न माग

साउदी :साउदी अरेबियामा रहेका विभिन्न संघ संस्था नेपाल एयरलाइन्सको काठमाडौं-रियाद उडानलाई निरन्तरता दिन माग गरेका छन्। 

उडानलाई निरन्तरता दिन माग गर्दै विभिन्न संघसंस्थाले साउदीस्थित नेपाली राजदूत नवराज सुवेदीलाई विज्ञप्ति बुझाएका छन्। 

केही समय यता रियाद सिधा उडानका लागि उडान सेड्युलमा निरन्तरता, रियाद एयरपोर्टमा देखिएको  सलट कन्भरमेसन समस्या, आगामी दिनमा रियादबाट उडान नहुने आशंका र नेपालीलाई पर्ने समस्या समाधानका लागि राजदूतलाई कुटनीतिक पहलबाट हप्तामा तीन उडानलाई निरन्तरता दिन आग्रह गरेका छन्।

नेपाल एयरलाइन्स स्रोतका अनुसार यात्रुहरुले टिकट बुकिङ गर्दा रिटन टिकटमा उडान सेडुल  सो नगर्ने र उडान सम्बन्धी पूर्व जानकारी नभएको कारण यात्रुहरूको गुनासो रहेको र टिकट बुकिङ गर्न समस्या रहेको जानकारी दिए। 

रियाद काठमाडौं काठमाडौं रियादबाट हालसम्म १ सय ६० उडान हुनुका साथै  साउदीको रियाद सहरबाट नेपाल एयरलाइन्सको पहिलो उडान २०२२ अप्रिल २२ मा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.