रुकुमकोटमा बजार अनुगमन : नियमविपरित  खाद्यान्न र मेडिकल पसल सञ्चालनमा

रुकुमकोटमा बजार अनुगमन : नियमविपरित  खाद्यान्न र मेडिकल पसल सञ्चालनमा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रुकुम (पूर्व): जिल्लाको सदरमुकाम रुकुमकोटमा जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले सयुक्त रुपमा खाद्यान्न र मेडिकलको अनुगमन गरेको छ। अनुगमनका क्रममा मेडिकलहरू अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ ।

जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ को विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गर्दा धेरै समस्याहरू देखिएका छन् । चारवटा मेडिकल, एउटा डेन्टल क्लिनिक र दुईवटा एग्रोभेट र खाद्यान्न पसलको अनुगमन गरिएको थियो । 

सिस्ने गाउँपालिका -६ छिप्रीदहमा रहेको प्रकाश मेडिकलमा ल्याब कक्ष व्यवस्थित नभएको, सरसफाइको अभाव,अनुमति नलिएर आयुर्वेदिक तथा फुड सप्लिमेट्री सामानहरु बेच्ने गरेको,फार्मेसीतर्फ दक्ष जनशक्तिको अनुपस्थिति रहेको पाइएको छ ।

यस्तै बिना तापक्रम मेन्टेन फ्रिजमा टीटी खोप राखेको,लागुऔषध तथा मनोदिपक औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नविकरण नगरेको लगायतका समस्या पाइएको रुकुम(पूर्व) अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिए ।

छिप्रीदहमै रहेको अर्को मनज्ञा सिटी हस्पिटलमा पनि ल्याव सेवा व्यवस्थित रुपमा सञ्चालनमा नरहेको,अनुमतीबिना आयुर्वेदिक तथा कस्मेटिक र फुड सप्लिमेट्री सामानहरू बिक्री गर्ने गरेको, रेबिज विरुद्धको र टीटी खोप तापक्रम मेन्टेन बिना राख्ने गरेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ । 

यस्तै डिग्रे शाइकुमारी मेडिको फर्मामा अनुमतिबिना आयुर्वेदिक सामान बिक्री, भ्याक्सिन भण्डारण नमिलेको,नार्कोटिक औषधि बिक्री वितरण गरेको भएपनि यसको अभिलेख नराखेको,अव्यवस्थित रुपमा एक्सरे सेवा सञ्चालनमा रहेको लगायतका समस्या रहेको अनुगमन टोलीमा रहेका रुकुम(पूर्व) अस्पतालका फार्मेसी अधिकृत चतुर्भुच धनाडी बताउँछन् । 

सिस्ने गाउँपालिका ५ चोकबजारस्थित क्लोनिकाको अगाडि रहेको मेडिकलमा साइनबोर्ड पनि नराखिएको,टिनको छाप्रोमा मेडिकल सञ्चालन गर्दै आएको पाइएको छ । दर्ता नविकरण पनि नभएको र बिरामी राख्ने, चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ । 

सिस्ने ६ मा रहेको दुईवटा एग्रोभेटमा पनि अनुगमन गरिएको छ । ओली एग्रोभेट एण्ड सप्लायर्स र केसी एग्रोभेटमा अनुगमन गरिएको छ । जहाँ एग्रोभेटमा विषादी र पशुजन्य औषधि एकै ठाउँमा राखेको, सरसफाइको अभाव रहेको पाइएको अनुगमन टोलीमा रहेका एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका पशु अधिकृत छविलाल घर्ती बताउँछन् । केसी एग्रोभेटमा भने साइनबोर्ड पनि नराखेको पाइएको छ । 

यसैगरी खाद्यान्नतर्फ ५ वटा पसल अनुगमन गरिएको थियो । १७ सय बराबरको म्याद गुज्रिएको बिस्कुट बरामद गरी नष्ट गरिएको छ । यसैगरी ६ बोरा म्याद गुज्रिएको चामल भेटिएको छ । अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकल, एग्रोभेट तथा पसलमा आवश्यकताअनुसार सल्लाह सुझाव दिइएको छ । 

सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) र घरेलु तथा साना उद्योग कार्यालय रुकुम(पूर्व) को संयुक्त आयोजनामा आज मेडिकल र खाद्यान्न पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका नासु सन्तोष मल्लले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.