बिरामीको मृत्युपछि बर्दिवास अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि बर्दिवास अस्पताल तनावग्रस्त
सुन्नुहोस्

बर्दिवास : महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पतालको अवस्था तनावग्रस्त भएको छ । अस्पतालको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन् । अस्पताल परिसरमा आक्रोशित सयौं स्थानीयहरूले प्रदर्शन गरेका हुन् । व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदर्शनकारीहरू बलजफ्ती अस्पताल भित्र छिर्न खोजेपछि तनाव उत्पन्न भएको हो । गत असोज ३ गत राति बर्दिवास नगरपालिका–१४ का ३६ वर्षीय उमेश कुमार महतोलाई छाति दुखेपछि परिवारले बर्दिवास अस्पताल पुर्‍याएका थिए । 

null

त्यहाँ ड्युटीमा खटिएका स्वाथ्यकर्मीले उपचारमा वेवास्ता गरेपछि बिरामीको अवस्था जटिल बन्दै गएको मृतकका आफन्तको आरोप छ। बिरामीको अवस्थामा कुनै सुधार नदेखिएपछि थप उपचारका लागि काठमाडौं लग्ने क्रममा बाटोमै  मृत्यु भएको हो ।

अस्पतालको लापरवाहीले दाइको मृत्यु भएको मृतक उमेशका भाइ महेश कुमार महतोको आरोप छ । ‘रातिको समयमा अस्पतालमा डाक्टर पनि थिएन । औषधि पनि भेटिएन । डाक्टरकै सल्लाहमा बाहिरबाट ल्याएको औषधि नर्सहरुले औषधि खुवाउन  ढिलाई गर्‍यो,’ महेश भन्छन्, ‘ल्याव पनि खुलेको थिएन । अस्पतालमा केही नभएपछि हामी बाहिर लग्न विवश भयौं । डाक्टरहरुले मेरो दाइको ज्यान लियो ।’

null

अस्पतालले बिरामीलाई ह्दयसम्बन्धी समस्या रहेको समेत आफूहरुलाई नबताएको उनको भनाइ छ। अस्पतालमा लापरवाही गर्ने चिकित्सक,नर्ससहित दोषी कर्मचारीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.