विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न आर्थिक सहयोग
![विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न आर्थिक सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_UCejK86lAw_vswyiCMO3a.jpg)
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले प्राविधिक शिक्षा पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै चन्दले आफूले पाउने पारिश्रमिकबाट आउने रकमलाई ‘उपमेयर अक्षयकोष’मा जम्मा गर्ने र त्यसबाट १२ छात्रा र १० छात्र गरी २२ जना विद्यार्थीलाई ५० हजारका दरले वार्षिक रूपमा सहयोग गर्ने घोषणा गरेकी हुन्।
दलित, लक्षित वर्ग र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छनौट गरी सहयोग गरिने छ। एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई यस कार्यक्रममा समेट्न लागिएको हो। जसमा १० जना विद्यार्थी दलित हुनेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)