धरानमा डेंगु नियन्त्रणको प्रयास : लामखुट्टे मार्न जसपाका कार्यकर्ता परिचालन

धरानमा डेंगु नियन्त्रणको प्रयास : लामखुट्टे मार्न जसपाका कार्यकर्ता परिचालन
धरानमा डेङगु संक्रमित लामखुट्टे नष्ट गर्दै जसपाका कार्यकर्ता । तस्बिर : रत्नप्रसाद आचार्य
सुन्नुहोस्

धरान  : तीन महिनादेखि धरानमा फैलिएको डेङगु रोगको महामारी नियन्त्रणमा जनता समाजवादी पार्टीका कार्यकर्ता परिचलन गरिएको छ । तीनै तहका सरकारले धरानमा फैलिएको डेङगु रोगको नियन्त्रणमा चासो नदेखाए पछि जसपा धरानले कार्यकर्ता परिचालन गरी लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको हो। 

डेङगु भाइरसको संक्रमणबाट धरानमा ७ जनाको ज्यान गएपछि अवस्था जटिल भन्दै गएको छ । डेङगु संक्रमित बिरमीका कारण अस्पताल र नीजि मेडिकल समेत भरिभराउ छन् । 

जनतालाइ डेङगुको महामारी बचाउन र  सचेतनामुलक कार्यक्रमसहित 'सर्च एण्ड डिस्ट्रोय' अभियान सञ्चालन  जसपा धरान अध्यक्ष ताजुब लिम्बूले बताए । 

उनले  धरान ११ बाट सुरु गरेको अभियान अहिले धरान १५,१७,१२,९ र ७ नम्बर वडामा लामखुट्टे मार्ने काम गरिएको  बताए । जसपाको ‘अभियानअन्तर्गत  लार्भा मार्ने तथा जमाएर राखेको पानि फाल्ने, लार्भा र पिउपा  नष्ट गर्ने गरिएको बताए ।  

जसपाका नेता रन्जित राइले  डेङगुबाट कसरी बच्ने भनेर घरघरम जनचेतना फैलाउने र बिरामीलाई निशुल्क सिटामोल वितरण गरिएको बताए । जसपाले धरानका २० वटै वडामा यो अभियान सञ्चालन गर्ने बताएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.