ढल्केवरमा युवाहरूले फहराए राष्ट्रिय झण्डा

ढल्केवरमा युवाहरूले फहराए राष्ट्रिय झण्डा

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। पूर्वपश्चिम लोकमार्ग र मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वारको संगमस्थल रूपमा रहेको ढल्केवर चौकमा नेपाली राष्ट्रिय झण्डा फहराइएको हो।

शुक्रबार बिहान स्थानीयहरूको उल्लेख्य सहभागितामा युवाहरूले झण्डा फहराएका हुन्। मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, लायन्स क्लब अफ मिथिला र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ढल्केवरको विशेष सक्रियतामा आर्थिक सहयोग जुटाएर राजमार्गमा झण्डा राखिएको छ।

ढल्केवर पार्कसँगै जोडिएको तीनवटै चौकमा गरी २५ वटा झण्डा राखिएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बताए। ‘ढल्केवर चौकको सौन्दर्य र ट्राफिक व्यवस्थापनको उद्देश्य हामी सहयोग जुटाएर २५ वटा झण्डा राखेका छौं। झण्डा राखिएको ड्रममा ट्राफिक सचेतनाका नाराहरू लेखिएको छ,’ अध्यक्ष साहले भने ‘यसले चौकको सौन्दर्य बढेको छ। ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने हाम्रो विश्वास छ।’

null​​​​​​​

झण्डाको सम्मानका लागि रेखदेख गर्ने दायित्व सबैको रहेकोले त्यसतर्फ पनि आफूहरू गम्भीर रहेको उनले उल्लेख गरे। ‘जसरी झण्डा लगाउन  ठूलो उपस्थिति थियो। जुन किसिमको प्रहरी  प्रशासनको समन्वय र सहकार्य थियो। यसले हौसला बढाएको छ,’ अध्यक्ष साहले अन्नपूर्णसँग भने।

झण्डा लगाउने कार्यक्रममा प्रदेशसभा सदस्य हरिनारायण महतो, मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकी, वडाध्यक्षहरू नन्दकिशोर यादव, रामबहादुर स्याङ्दन, बिहारी महतो, दीपकजंग थापा, सविन थापालगायत सरोकारवाला र स्थानीयहरूको भव्य उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.