आजै मन्त्रिपरिषद विस्तार

मधेश प्रदेश : मुख्यमन्त्रीले मन्त्रालय खोसेपछि जनमतका दुई मन्त्रीले दिए राजीनामा

मधेश प्रदेश : मुख्यमन्त्रीले मन्त्रालय खोसेपछि जनमतका दुई मन्त्रीले दिए राजीनामा
तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : जनमत पार्टीका बिना विभागीय दुई मन्त्रीले राजीनामा दिएका छन् । मधेश प्रदेशका एक मन्त्री र अर्का राज्यमन्त्रीले राजीनामा दिएका हुन् । मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुमार कुशवाहा र राज्यमन्त्री संजय कुमार यादवले पार्टीको निर्देशनमा मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय कुशवाहाले सम्हालेकोमा जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले  एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवैजना बिना विभागीय मन्त्री थिए ।

दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ । जनमत पार्टीबाट मधेश प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्री थिए । एसैगरी आजै साँझ ५ बजे मन्त्रिपरिषद पनि विस्तार गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.