सिन्धुपाल्चोकमा लम्पी स्कीन विरुद्धको खोप प्रदान

सिन्धुपाल्चोकमा लम्पी स्कीन विरुद्धको खोप प्रदान
फोटोः बाह्रबिसे नगरपालिका– २ को पलाँती झयाङदाङको खर्कमा चौंरीलाई लम्पी रोग बिरुद्धको खोप लगाउँदै पशु चिकित्सक।

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका–२ का कार्साङ शेर्पाको चौरी एक्कासि बिरामी पर्न थाले। चौरीले केही खानै मानेन, झोक्राई मात्र रहयो। उनको चौरी गोठमा अरु चौरी पनि बिरामी पर्न थाले।

दुःखले जोडेका चौरीहरू बिरामी परेपछि उनले नगरपालिकासँग गुहार मागे। नगरपालिकाको पशु चिकित्सकले गोठमै गरी चौरी जाँच गरे। लम्पी स्कीन रोगको लक्ष्यण देखिएको भन्दै चौरीहरूमा खोप लगाइयो। ‘अहिले त चौरी ठीक छ’, शेर्पाले भने– ‘जरो आउने, उठबस गर्न गारो हुने भएको थियो।’

यसरी किसानले पालन गरेका चौंरी, गाई र गोरु लम्पी रोगले संक्रमण भई बिरामी हुन थालेपछि रोकथाम, उपचारका लागि लम्पी स्कीन विरुद्धको खोप र औषधी गरिएको छ। 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका भित्र १ हजार ७ सय ४६ वटा चौंरी, गाई र गोरुलाई लम्पी स्कीन रोग बिरुद्धको खोप लगाइएको नगर पशु विकास अधिकृत पिताम्बर घिमिरेले बताए। उनका अनुसार नगरपालिका भित्रका नौ वटै वडामा चौंरी, गाई र गोरुलाई खोप लगाई औषधी दिइएको छ।

नगरभित्रका ४ सय ३६ चौंरी, १ हजार ३ सय १० वटा गाई, गोरुलाई खोप दिएको घिमिरे बताए। नगरभित्रका किसानले पालेका पशुधनहरू लम्पी रोगले बिरामी पर्न थालेपछि नगरप्रमुख बालकृष्ण बस्नेतले तत्काल प्रभावित स्थानमा गएर खोप तथा उपचार गर्न निर्देशन गरे अनुरूप असारको अन्तिम साताबाटै लम्पी विरुद्धको खोप र उपचार सञ्चालन गर्दै आएको अधिकृत घिमिरेले जानकारी दिए। 

नगरपालिकाको हिमाली क्षेत्र डुमथली, तौतप्सा, पलाँती झयाङदाङ, कोप्चे, मार्मिङ झयाङदाङ, जमकु, टोम्थाङ, यार्सा लगायतका खर्कहरूमा पुगेर खोप दिएको छ। महामारीका रूपमा फैलिएको लम्पी सरुवा रोगका बेला कुनै पशु खरीद बिक्री नगर्न र नगराउनसमेत किसानलाई पशु शाखाले अनुरोध गरेको छ। 

बिरामी पशुलाई अलग्गै राखेर उपचार गर्ने र लम्पी रोगले मरेका पशुहरूलाई निसंक्रमण गरी राम्ररी गाड्न पशु विकास अधिकृत पिताम्बर घिमिरेले सुझाव दिए। 

यदि पशुहरूमा रोग देखा परेमा पशु चिकित्सक वा प्राविधिकलाई सम्पर्क गरि जानकारी गराउन घिमिरेले आग्रह गरे। रोगी पशुहरूलाई राम्रो हेरविचार गरि सन्तुलित पौष्टिक आहारा खुवाई ३/४ दिनसम्म एन्टिवायोटिकले उपचार गरेमा पशु निको हुने सम्भावना बढी हुने उनले जनाए। 

सिन्धुपाल्चोकका तीन नगरपालिका, नौ गाउँपालिकाको १ सय ३ वटै वडामा लम्पी रोगले गाईगोरु बिरामी पर्न थालेपछि सबै स्थानीय सरकारले लम्पी खोप लगाउन सुरु गरेको छ। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने र र्‍याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्ने पशु चिकित्सकहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.