उदयपुर डेंगुका बिरामी बढ्दै

उदयपुर डेंगुका बिरामी बढ्दै

उदयपुर : उदयपुर डेंगुका बिरामी बढ्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका सरकारी स्वास्थ्य संस्थामा मात्रै अहिलेसम्म ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ। 

तथ्यांक अनुसार सदरमुकामस्थित त्रियुगा नगरपालिकामा २१ जना, बेलकामा २१, चौदण्डीगढीमा ६ र कटारी नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको हो। डेंगु संक्रमितहरू अहिलेसम्म नगर क्षेत्रमा मात्र फेला परेका छन्। 

गाउँपालिकाहरू पहाडी क्षेत्रमा रहेकाले संक्रमित अहिलेसम्म फेला नपरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरञ्जीवी निरौलाले बताए। जिल्ला अस्पताल र नगर अस्पतालमा ज्वरोका बिरामीको चाप अत्याधिक बढ्न थालेपछि परीक्षण गर्दा डेंगु पुष्टि भएको उनले बताए। 

कतिपयले निजी अस्पतालमा परीक्षण गराउने गरेकाले पनि एकीन तथ्यांक आउन नसकेको बताए। उनले भने, ‘सबै तिरको तथ्यांक लिने हो भने यो संख्या अधिक बढ्न सक्छ।' संक्रमितको संख्या बढ्दै जाँदा डेंगु परीक्षण किटसमेत अभाव भएको कार्यालयले जनाएको छ। 

दैनिकजसो बिरामीको संख्या बढ्ने गरेकाले किट सकिएको निरौलाले बताए। यस वर्ष जिल्लामा खासै वर्षा नभएका कारण पनि डेंगु संक्रमण तीव्र रूपमा बढेको चिकित्सकहरूको भनाइ छ। 

लामखुट्टेको टोकाइबाट फैलिने डेंगु सामान्यतया भदौबाट देखिने भए पनि यो वर्ष सुरुवाती समयमै अत्यधिक देखिएको चिकित्सकले बताएका छन्। डेंगु संक्रमण लामखुट्टको टोकाइले एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले भीडभाड रहने स्थानमा छिटो फैलिन्छ।

लामखुट्टेमा भाइरस पुस्तान्तरण सजिलै हुने भएकाले पनि मानिसमा संक्रमण बढ्ने गरेको हो। निरन्तर बान्ता हुनु, पेट धेरै दुख्नु, रक्तस्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स र सेता रक्तकोषको संख्या तीव्र गतिमा घट्नु डेंगु संक्रमित बिरामीका लागि घातक हुने गरेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ज्ञानेन्द्र झाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.