हेमन्तलाई तीन कांस्य
हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जानकारी दिए। भारतको नोयडामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार बहन गरेका थिए।
काठमाडौं : नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार तीन वटा कांस्य पदक जितेका छन्। डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौलसमूहमा तीन कांस्य जितेका हुन्।
हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जानकारी दिए। भारतको नोयडामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार बहन गरेका थिए।
हेमन्तको स्पर्धामा पाँच राष्ट्रका ६ खेलाडी सहभागी थिए। उज्वेकिस्तानका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते।
प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन्। पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्ने छन्। सञ्जयको पनि यो डुब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हो।