पार्टी पार्टीजस्तो भएन, संगठन निर्माणमा जिम्मेवारीपूर्वक लागौं : प्रचण्ड

पार्टी पार्टीजस्तो भएन, संगठन निर्माणमा जिम्मेवारीपूर्वक लागौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी पार्टीजस्तो नभएको गुनासो व्यक्त गरेका छन्। बुधबारबाट सुरू भएको माओवादी केन्द्रको चौथो केन्द्रीय कमिटी बैठकको अध्यक्षता ग्रहण  गर्दै प्रचण्डले पार्टी निर्माणको विषयमा जिम्मेवार भएर लाग्न कार्यकर्तालाई आग्रह गरेका हुन्।

'पार्टीको संगठनमा नेता र कार्यकर्ताको विशाल कमिटी छ । तर, पार्टी पार्टीजस्तो भइराखेको छैन, 'उनले भने, 'कम्युनिष्ट पार्टीको पुन:निर्माण अभियान यो बैठकबाट थाल्नुछ। केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूले गम्भीर, जिम्मेवार र रचनात्मक ढंगले बहस गर्नुहुने विश्वास व्यक्त गर्दछु।'

उनले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी बैठकबाटै गर्नुपर्ने धारणा राखे। प्रधानमन्त्री दाहालले बैठकले सिंगो राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले भने,' पार्टी एकताको नयाँ प्रक्रियामा जाँदैछौं।  बैठकले पार्टी र आन्दोलनलाई मात्रै नभइ सिंगो राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्नेछ, ऐतिहासिक निष्कर्ष निकाल्नेछ।'

उनले पछिल्लो समय पार्टीको नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा र भरोसा पलाएको दावी गरे। 'जनतामा उत्पन्न आशा र भरोसाको स्थिति छ। यसलाई संगठनमा रुपान्तरण गर्ने र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन अभियान बदल्ने जिम्मेवारी बढेको छ,'उनले भने।

अध्यक्ष दाहालले राष्ट्रिय एकता र स्वाधिनतालाई मजबुद बनाउन जरुरी रहेको समेत बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.