साउदीमा अलपत्र परेका २७ नेपालीलाई खाद्यान्न सहयोग
साउदी : साउदी अरेबिया अलपत्र परेका २७ जनालाई नेपालीलाई खाद्यान्न सहयोग गरिएको छ। साउदीस्थित झापाली समाजका अध्यक्ष राजेन्द्र थापाले उनीहरूलाई खाद्यान्न सहयोग गरेका हुन्।
नेपालमा रहेको एसअलडी मेनपावरबाट ४५ दिनअघि साउदीको केफसी कम्पनी गएका उनीहरू अलपत्र रहेका छन्। दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ।