धनुषामा कुहिएको अवस्थामा महिलाको शव फेला

धनुषामा कुहिएको अवस्थामा महिलाको शव फेला
सांकेतिक तस्बिर।
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका-५ स्थित औरहीथान सामुदायिक वनस्थित जलाद खोलाको डाँडामा कुहिएको अवस्थामा पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए । उनका अनुसार दुई साताभन्दा बढीको शव हुनसक्ने प्रारम्भिक अनुमान छ । ‘अहिले शवको विषयमा ठ्याक्कै यही भको हो भनेर एकिन भन्न सकिने अवस्था छैन । महिला त्यहाँ कसरी पुग्यो भन्ने मूल कुरा हो,’ प्रहरी निरीक्षक राईले भने ‘हामी अनुसन्धान गर्दैछौं । अनुसन्धानपश्चात थप कुराहरु खुल्छ ।’

घटनास्थलबाट बोरा र चप्पल बरामद भएको उनले बताए । एउटा बोराभित्रै ४ वटा चप्पल बरामद भएको छ । त्यो चप्पल पनि तीन रंगको छ,’ प्रहरी निरीक्षक राईले भने । शव फेला परेको महिलाको मानसिक सन्तुलन ठिक नभएको हुनसक्ने अनुमान रहेको उनको भनाई छ ।

शवको पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.