माओवादी बैठकमा वर्षमानले भने- अध्यक्षको विकल्प खोजेका छैनौं, तर अध्यक्षको उत्तराधिकारी खोजौं

माओवादी बैठकमा वर्षमानले भने- अध्यक्षको विकल्प खोजेका छैनौं, तर अध्यक्षको उत्तराधिकारी खोजौं
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षान पुनले अध्यक्ष पुष्पकमल दाहालको विकल्प कसैले नखोजेको स्पष्ट पारेका छन्। काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीमा बोल्दै उनले अध्यक्षको उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए। 

‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु। उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं,' उनले भने।

उनले पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको बताए। पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने माग गर्दै उनले पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न प्रस्ताव राखे। 

पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको चर्चा गर्दै पुनले वर्ग संघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए। यस्तो अवस्थामा सरकार प्रमख मोर्चा भएको निष्कर्ष उनको थियो। पुनले डिजिटल युग सुहाउँदो पार्टी बनाउनुपर्ने प्रस्ताव पनि बैठकमा राखे। 

उनले आफू लामो समय स्वास्थ्य उपचारमा संलग्न हुनुपरेका कारण पार्टी नेता कार्यकर्ताका बीचमा उपस्थित हुन नसकेको बताए। पार्टीअध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा चीनमा उपचार गराएर फर्किएको र पूर्ण स्वस्थ भएको जानकारी केन्द्रीय समितिलाई गराएका थिए।

भ्रष्टाचारविरोधी अभियान रोकिनु हुँदैन 
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताए। जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने उनको भनाइ छ। 

पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए। ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ। अध्यक्ष कमरेड तपाईँको अभियानमा हाम्रो दह्रो साथ छ। कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन। छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ। यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि  तयार हुनुपर्छ,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.