आँखा पाक्ने समस्या बढेपछि कमलामाईका विद्यालय पँच दिन बन्द

आँखा पाक्ने समस्या बढेपछि कमलामाईका विद्यालय पँच दिन बन्द
फाइल तस्बिर।

सिन्धुली : शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाइ नगरपालिका भित्रका विद्यालय बन्द हुने भएका छन् । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि त्यसलाई न्युनिकरण गर्नका लागि सोमबारदेखि शुक्रबारसम्म  पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालका अनुसार विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न पाँच दिनका लागि नगर मातहतका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

‘नगरपालिकामा आइतबार बसेको शिक्षाका पेसागत संघसंस्था समेतको बैठकले नगरपालिकामा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको हो,’ उनले भने ।

कमलामाई नगरपालिका अन्तरगत ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालय रहेका छन् । पछिल्लो केही दिनयता सिन्धुलीमा सबैभन्दा बढी बालबालिकामा आँखा पाक्ने संक्रमण देखिएको छ । जिल्लाका आँखा अस्पताल तथा क्लिनिकमा बिरामीको भीड बढेको छ । 

आँखा पाक्ने रोग धेरै फैलिएपछि  बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । आँखाको संक्रमण भइसकेपछि शुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिंड्न गाह्रो हुने लगायत लक्षण देखा परेका छन्।

रोग लाग्न नदिन आँखा सफा राख्ने, बिहान–बेलुकी सफा पानीले आँखा पखाल्ने तथा बरफले सेक्न र आँखा जाँच गराएर मात्रै औषधि प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.