सिन्धुली कारागारमा क्षमताभन्दा चार गुणाबढी कैदीबन्दी

सिन्धुली कारागारमा क्षमताभन्दा चार गुणाबढी कैदीबन्दी
सिन्धुली कारागार। तस्बिर : अन्नपूर्ण

सिन्धुली : जिल्ला कारागार सिन्धुलीमा दुईवटा पुरुष र एउटा महिला बन्दीका लागि ब्लक निर्माण गरिएको छ । पुरुष भवनमा ८१ जना र महिला भवनमा ४६ जना बन्दी अट्ने क्षमता छ । तर, जिल्लाका कारागारमा हाल ८ सय ४२ जना बन्दी छन् । यो कारागारको क्षमताभन्दा चारगुणा बढी हो । 

जम्मा दुई सय ८ जना बन्दी अट्ने क्षमतको कारागारमा चारगुणा बढी कैदी बन्दी राख्नुपर्दा व्यवस्थापनमा निक्कै चुनौती थपिएको कारागार प्रशासक कुशल न्यौपानेको भनाइ छ ।  ‘हामीसँग महिला ४६ जना र दुईवटा ब्लकमा गरी जम्मा १ सय ६२ जना पुरुष अट्ने क्षमता छ तर, यहाँ त्यसको चारगुणाबढी कैदी बन्दी राख्नुपर्दा सुरक्षादेखि, शौचालय, खानेपानी, औषधी उपचार, अदालत लैजान र ल्याउन समेत चुनौती थपिएको छ,’उनले भने ।

न्यौपानेका अनुसार कारागारमा ७ सय ४७ जना पुरुष, ७९ जना महिला र १६ जना बालबालिका छन् ।  कारागारको क्षमताभन्दा ३३ जना महिला र ५ सय ८५  पुरुष बढी छन् । बालबालिका भने कैदिबन्दी महिलाका आश्रीत सान्तान हुन् । कारागार भवन दुई वर्षअघि नयाँ निर्माण गरिएको हो । 

उक्त भवनमा जम्मा २ सय ८ जनाका लागि खानेपानी, शौचालय, पंखा, किचन, सुत्नका लागि राम्रो बन्दोबस्त छ । तर, क्षमताभन्दा धेरै बन्दी हुँदा अधिकांश बन्दीलाई जस्ताको टहरो बनाएर त्रिपाल बेरेर सुताउनु पर्ने अवस्था आएको न्यौपानेले बताए ।

कारागारमा सिन्धुली जिल्लाका ५० जना कैदी छन् भने धेरैजसो धनुषा र सर्लाही जिल्लाका कैदीबन्दीहरु छन् ।  उनीहरुमध्ये अधिकांश लागुऔषध, कर्तव्य ज्यान र बहुविवाहका मुद्दामा कैद भुक्तान गरिरहेका छन् ।

‘धनुषा जिल्लामा कारागार नै छैन । सर्लाहीको कारागार सञ्चालनमा आएको छैन । ती दुबै जिल्लाका बन्दीहरूलाई सिन्धुलीमै पठाउँदा क्षमताभन्दा धेरै संख्या भएको हो,’उनले भने । 

कैदी बन्दी धेरै हुँदा रातको समयमा सुत्नलाई समेत केही समस्या हुने गरेको छ । उता कारागारमा सवारी साधन नहुँदा थप समस्या हुने गरेको छ । एउटा सिंगल क्याप बोलेरो भएपनि पुरानो हुँदा मर्मत गर्न समस्या हुने गरेको छ । वर्षमा जम्मा ३० हजारको तेल हाल्ने पैसा आउँछ । 

तर, जिल्ला अदालत सिन्धुलीदेखि धनुषा र सर्लाहीसम्म कैदीहरूलाई बेलाबेलामा उपस्थित गराउनुपर्ने बाध्यता र कतिपय कैदीलाई स्थानान्तरण गर्दा र बिरामी हुँदा अस्पतालसम्म लैजान सवारी भाडामा लिएर चलाउनु पर्दा थप समस्या हुने गरेको बताइएको छ । 

कारागारलाई आवश्यक गाडी,चालक र मर्मत तथा तेलको खर्च सरकारले व्यवस्थापन गर्दिए केही सहजता हुने न्यौपानेको भनाइ छ । खानेपानीका लागि ग्वाङ खोलामा इनार खनेर मोटर मार्फत् पानीको जोहो गरिए पनि बिजुली बत्ती नहुँदा समस्या हुने गरेको छ । कैदी बन्दी थपिदा आवश्यक अनुसार शौचालय समेत कमी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.