माओवादीले गर्‍यो नेताहरूको जिम्मेवारी हेरफेर, कसले के पाए ?

माओवादीले गर्‍यो नेताहरूको जिम्मेवारी हेरफेर, कसले के पाए ?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।

जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यस्तै अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार विभागको जिम्मेवारी दिएको छ भने पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिएको छ।

गैरप्रदेश र विशेष प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव वर्षमान पुनले पाएका छन्। सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेशको जिम्मेवारी दिएको छ। बागमती प्रदेशको इन्चार्जको जिम्मा उपमहासचिव जनार्दन शर्मालाई दिइएको छ। 

सुदूरपश्चिमममा डिलाराम आचार्य,लुम्बिनीमा मातृका यादव,कोशीमा लिलामणि पोखरेल र कर्णालीमा चन्द्रप्रकाश खनाललाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ।

अहिले माओवादी केन्द्रीय कमिटी बैठक कमलादीमा जारी ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.