शिक्षकको माग गर्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

शिक्षकको माग गर्दै विद्यार्थीले लगाए विद्यालयमा ताला
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिन्धुली: जिल्लाको एक माध्यमिक विद्यालयमा शिक्षकको माग गर्दै विद्यार्थीले अनिश्चित समयका लागि विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको तिनपाटन गाउँपालिका- १ स्थित कमला मावि छरछरेका विद्यार्थीले विद्यालयमा विषयगत शिक्षकको माग गर्दै आइतबारबाट विद्यालयमा तालाबन्दी गरेका हुन् । 

विद्यालयमा शैक्षिक शत्र सुरु भएको चार महिना वितिसक्दा समेत अंग्रेजीलगायतका विषयका तीनजना शिक्षक विद्यालयमा नभएको भन्दै तत्काल शिक्षकको व्यवस्थापन गर्न माग गर्दै आइतबारबाट अनिश्चिकालीन विद्यालय बन्द गराएका हुन् । 

विद्यार्थीको बन्दका कारण विद्यालयको कक्षा १ देखि १० सम्मकै पठनपाठन ठप्प भएको छ । उक्त विद्यालयमा तीनजना शिक्षक दरबन्दी खाली छ । शिक्षक नहुँदा विद्यालय गएपनि पढाइ नहुने र शैक्षिक सत्रको चार महिना वित्दा समेत विद्यालयमा शिक्षक नआएपछि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थीले बताएका छन्।

उता विद्यालयका प्रद्यानाध्यापक दुर्गा प्रसाद काफ्लेले  विद्यालयमा लामो समयदेखि शिक्षक व्यवस्थापन गर्न प्रयास गरेपनि सफल नभएको बताए ।  ‘विद्यालयमा तीनजना शिक्षक दरबन्दी खाली छन् । अंग्रेजी विषयका शिक्षक सरुवा भएर जानुभयो । एउटा पालिका अनुदानमा शिक्षक र  अर्को निमावी राहातको शिक्षकसहित तीनैजनालाई पठाइ दिन गाउँपालिका शिक्षा शाखालाई पटकपटक अनुरोध गर्दापनि नपठाइ दिएपछि  यस्तो समस्या आएको हो,’उनले भने ।

विद्यालयले पालिकासँग धेरै अनुरोध गरेपनि वेवास्था गरेको उनको आरोप छ । ‘विद्यालय तालाबन्दीका विषयमा आजैपनि गाउँपालिका उपाध्यक्ष र शिक्षा शाखामा जानकारी गराएका छौं । विद्यालय खोल्ने विषयमा भोलि छलफलका लागि विद्यार्थी र अभिभावकलाई खबर गरेका छौं,’उनले थपे ।

तिनपाटन गाउँपालिकाका शिक्षा शाखा प्रमुख युवराज काफ्लेले विद्यालयका शिक्षक सरुवा भएर गएपछि समस्या भएको भन्दै विद्यालयलेनै रिक्त दरबन्दीमा शिक्षक भर्ना प्रकृया सुरु गर्नुपर्ने बताए । उनले भने, ‘विद्यालयमा व्यवस्थापन समितिको म्याद सकिएर नयाँ समिति गठन हुन सकेको छैन । विद्यालयमा रिक्त दरबन्दीमा शिक्षक भर्ना पनि विद्यालयले नै गर्ने हो । अब तत्काल समिति गठन गरेर रिक्त सबै दरबन्दीमा शिक्षक भर्ना गर्न हामी सहयोग गर्नेछौं । त्यसपछि विद्यालयको समस्या समाधान हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.