सिन्धुलीको दुधौलीमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु

सिन्धुलीको दुधौलीमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा डेंगुको संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा नष्ट गर्न अभियान थालिएको छ। दुधौली नगरपालिकाले नगर क्षेत्रमा डेंगु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्न थालेको हो।

दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश कुमार अधिकारीको नेतृत्वमा लामखुट्टेको बासस्थान रहेको, लामखुट्टेले लार्भा उत्पादन गर्ने स्थानको पहिचान गरी नष्ट गर्न थालिएको हो। 

यसका लागि नगरले वडा नम्बर ७ र ९ बाट टोली बनाएर लामखुट्टेका लार्भा नष्ट गर्न विषादी छर्कन थालेको मेयर दिनेश अधिकारीले जानकारी दिए। ‘दुधौली नगरपालिका जिल्लाको अत्यधिक गर्मी हुने नगरपालिका हो। यहाँ गर्मी वर्षातका कारण लामखुट्टे धेरै लाग्ने र लामखुट्टेको टोकाइबाट नगरवासीमा डेंगुको संक्रमण हुने भएपछि लामखुट्टेको बासस्थान रहेको, लामखुट्टेले लार्भा उत्पादन गर्ने स्थानको पहिचान गरी नष्ट गर्न थालिएको हो,’ उनले भने।

नगरमा भएको विषादीले वडा नम्बर १, २, ४, ५, ७, ८, ९, १०, ११ तत्काल विषादी छिट्ने र थप विषादीको व्यवस्थापन गरेर अन्य वडाहरूमा पनि लामखुट्टेले लार्भा उत्पादन गर्ने स्थानको पहिचान गरी नष्ट गरिने अधिकारीको भनाइ छ।

नगरका स्वास्थ्य शाखा  प्रमुख  तिलकेश्वर यादावका अनुसार नगरमा हालसम्म एक जनामा डेंगु पोजेटिभ देखिएको छ। नगरमा डेंगुको निःशुल्क परीक्षण गरिँदै आएको छ। स्वास्थ्य शाखा र सरसफाईका कर्मचारीहरू परिचालन गरेर डेंगु संक्रमण भएको शंका लागेमा तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।

जिल्लामा पछिल्लो केही दिन यता डेंगुको संक्रमण ह्वात्तै बढेको छ। हालसम्म एक दर्जन बढीमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।

फोहोर, पानी जम्ने स्थान, झ्याडीहरूमा धेरै मात्रामा लामखुट्टेको लार्भाहरू हुने भएकाले त्यस्ता स्थानहरूको पहिचान गरी प्राविधिकहरू मार्फत विषादी छर्कने काम थालिएपछि यसको नियन्त्रण हुने विश्वास गरिएको छ।

डेंगु भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्त रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.