बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
![बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_hGNm5eqkIZ_AAUVVylth2.jpg)
दोलखा : बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-३ का २३ वर्षीय विश्वराज श्रेष्ठ रहेका छन्।
मंगलबार दिउँसो साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा ठोक्किएका थिए।
दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेस न्यौपानेले जानकारी दिए।
उनका अनुसार घटना लगत्तै मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)