महिनावारी भएको बेला गोठमै सुतेकी अनिताको सर्पको टोकाइबाट मृत्यु

महिनावारी भएको बेला गोठमै सुतेकी अनिताको सर्पको टोकाइबाट मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बैतडी : बैतडीमा सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। 

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए। ‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईर्भैँसीकै गोठमा सुतेकी रहिछन्’अनिताका आफन्त चन्दले भने, ‘मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलाउन गएको समयमा उनको घरमै मृत्यु भयो।’

किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्। महिनावारी भएको बेला अधिकांश जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताए। ‘देवीदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा अलग्गै सुत्ने गरेका छन्’उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.