जुम्लाका घरमा आगजनी गर्ने व्यक्ति सार्वजनिक

जुम्लाका घरमा आगजनी गर्ने व्यक्ति सार्वजनिक
घरमा आगो लगाउने व्यक्तिलाई सार्वजानिक गर्दै प्रहरी । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरेन्द्रनगर : जुम्लामा घरघरमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सातवटा घर, ट्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाको गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

सातवटा घर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्याक्टर,अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रलाद कार्कीले बताए । 

अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैंसी पाल्ने कच्ची गोठसमेत जलाएको प्रहरीले भनाइ छ । रत्नबहादुरले आफू गरिब भएकाले कसैले पनि ऋण नदिएको,उधारो पनि नपत्याउने भएकाले यस्ता कार्य गरेको प्रहरीसमक्ष बताएका छन् । 

प्रहरीका अनुसार उनले नेपाली सेनामा केही समय जागिर खाएर छोडेका थिए । प्रहरीले उनलाई साउन ६ गते पक्राउ गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.