स्मार्ट कृषि कार्यक्रमले उत्पादनमा वृद्धि

स्मार्ट कृषि कार्यक्रमले उत्पादनमा वृद्धि
सुन्नुहोस्

पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी कृषि गर्न थालेपछि उत्पादनमा वृद्घि भई कृषिउपज बिक्री हुन थालेको छ।

तानसेन : तालिम, आधुनिक प्रविधी र गुणस्तरिय बीउ विजनको जानकारी पाएपछि पाल्पाका कृषक व्यावसायिक उत्पादनमा लागेका छन्। खेतीयोग्य जमिनको छनोट गरी गाउँगाउँमा समूह बनाई कृषक सामूहिक रूपमा तरकारी खेतीमा लागेका हुन्। 

तालिम र आधुनिक खेती गर्दा उत्पादनमा वृद्धि भएको रैनादेवी छहरा बुढिदमारका कृषक लिलाबहादुर रानाले बताए। रानाको बारीमा अहिले तितेकरेला, गोलभेंडा, भान्टालगायताका तरकारी लटरम्म फलेका छन्। 

खेतीपातीबारे आवश्यक सीप, ज्ञान र प्रविधिबारे जानकारी पाएर रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीका कृषक उत्साहित भएका छन्।  सत्यवती क्षेत्रमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले आर्थिक बर्ष २०७७/७८ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरेपछि कृषक व्यावसायिक बन्दै गएका हुन्। आधुनिक प्रविधिको प्रयोग गरी कृषि गर्न थालेपछि उत्पादनमा वृद्धि भएको र त्यहाँका ९९ घर परिवारले कृषि उपज बिक्री गर्न थालेका हुन्। उनीहरूले कृषि उत्पादन वृद्धि गर्नुका साथै संस्थागत भई सूचना केन्द्रमार्फत बजारीकरण गर्न थालेका छन्। 

पाल्पाका ४ प्रदेश निर्वाचन क्षेत्रमा सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रममा गत आर्थिक वर्षमा १ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत जलवायु स्मार्ट, सिँचाइ स्मार्ट, पोषकतत्व स्मार्ट, प्रविधि स्मार्ट र बजार स्मार्टसहित अन्तरसम्बन्धित विषयमा कार्यक्रम सञ्चालित छन्। लुम्बिनी प्रदेश सरकारको गौरव स्मार्ट कृषि गाउँ कार्यक्रमबाट जिल्लामा मासु तथा तरकारी उत्पादनमा वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका पशु चिकित्सक डा. नवीन बस्यालले बताए। 

पाल्पामा तानसेन नगरपालिका–१४अर्गली, निस्दी गाउँपालिका–३ झिरुवास, पूर्वखोला गाउँपालिका–२, जल्पा र बगनासकाली गाउँपालिका–१ चिरतुङधारामा  बाख्रापालन स्मार्ट कृषि र वडा नंं २ मा माछा कृषि स्माट कार्यक्रम छन्। जल्पामा ५० घरपरिवारले २ हजार र झिरुवासमा ६० घरपरिवारले २ हजार बाख्रापालन गर्दै आएका छन्। स्मार्ट कार्यक्रमबाट मासुको स्वच्छ एवम् गुणस्तरीय बाख्रा र तरकारी उत्पादन बढेको छ।  स्थानीय स्तरमा रोजगारी सिर्जना भई कृषक व्यावसायिक भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.