वालिङमा सुरु भयो ‘घरदैलोमा नर्सिङ कार्यक्रम’

वालिङमा सुरु भयो ‘घरदैलोमा नर्सिङ कार्यक्रम’

स्याङ्जा : वालिङ नगरपालिकाले सामुदायिक स्वास्थ्य सेवाअन्तर्गत ‘घरदैलौमा नर्सिङ कार्यक्रम’ गर्ने भएको छ। विशेषगरी नसर्ने रोगका बारेमा सचेतना फैलाउने गरी नर्सिङ घरदैलो कार्यक्रम सुरु गरिने भएको हो। 

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र वालिङ नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि बिहीबार हस्ताक्षर भएसँगै कार्यक्रम सुरु गरिने भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।

नगरवासीका स्वास्थ्यलाई ख्याल गर्दै उपचारमा सहजीकरण गर्ने उद्देश्यले नर्सिङ सेवा घरदैलो कार्यक्रम सुरु गरिने भएको बताए। यस्ता कार्यक्रममा नसर्ने रोगको प्रतिकुल प्रभाव र न्यूनीकरणका लागि सहयोग पुग्ने स्वास्थ्य सेवा विभागका नर्सिङ शाखा प्रमुख बाला राईको भनाइ छ। 

विभागका निर्देशक हिरा निरौलाले नागरिकको स्वास्थ्य अवस्था लगायतका विवरण संकलन गर्दै सचेतना फैलाउने काम गर्नुपर्ने जनाए।

नर्सिङ सेवाका लागि घरदैलोमा पुग्ने स्वास्थ्यकर्मीहरूले नगरवासीका मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका बारेमा जानकारी लिनुका साथै उनीहरूलाई आहार, विहार र जीवनशैलीमा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी जानकारी गराउने नगरपालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.