कैलालीमा ११८ जनाले गरे रक्तदान
![कैलालीमा ११८ जनाले गरे रक्तदान](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Q60sGJIC4N_HVUumviDEC.jpg)
धनगढी : कैलालीमा आयोजना गरिएको खीर खाने तथा रक्तदान महोत्सवमा ११८ जनाले रक्तदान गरेका गरेका छन्।
बैतडी समाज कैलालीले आयोजना गरेको कार्यक्रममा शनिबार १० जना महिलासहित ११८ जनाले रक्तदान गरेको संयोजक राजबहादुर चन्दले जानकारी दिए।
समाजले वर्षको दुई पटक बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ। बर्खाका बेला बिरामीको चाप बढी रहेकाले समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)