घरमा पंखा चलाउने क्रममा करेन्ट लागेर मृत्यु
विराटनगर : घरमा पंखा चलाउने क्रममा करेन्ट लागेर मोरङमा मंगलबार दिउँसो एक जनाको मृत्यु भएको छ।
बेलबारी नगरपालिका-५ मोतीहारीका २५ वर्षीय प्रेम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा जडान गरेको पंखा चलाउने क्रममा बिहान ११:३० बजेतिर करेन्ट लागेर माझी गम्भीर घाइते भएका थिए।
उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएका उनलाई चिकित्सकले १२:५० बजेतिर मृत घोषित गरेका हुन्। पंखा चलाउने क्रममा विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
४