ट्रम्प्लाई युक्रेनी सांसदको जवाफ- यो जुवा होइन, युक्रेनी जनताले सम्मान खोजेका हुन्
काठमाडौं : युक्रेनी सांसद लिसा यास्कोले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीचको विवादले युक्रेनी जनताहरूलाई ठूलो झट्का लागेको बताएकी छन्। ट्रम्पले लगाएका विभिन्न आरोपले उनले खण्डसमेत गरेकी छन्।
उनले आफ्ना राष्ट्रपति जेलेन्स्कीले कुनै जुवा नखेलेको प्रस्ट पारेकी हुन्। उनले युद्धविरामसँगै युक्रेनी जनताले सम्मान पनि चाहेको बताएकी छन्।
'जेलेन्स्कीले युद्धका नाममा कुनै जुवा खेलेका छैनन्। युक्रेनी लाखौं जनताका सबाल छन्। र, राष्ट्रपति जेलेन्स्की आफ्ना जनताप्रति संवेदनशील छन्,' बीबीबी लाइभलाई उनले भनेकी छन्, 'हामी युद्ध अन्त्य गर्न चाहन्छौं। तर, हामी सम्मान पनि चाहन्छौं।' रुससँग जारी युद्धमा अमेरिकालगायत पश्चिमा मुलुकहरूले अझै साथ र सहयोग गर्नेछन् भन्ने कुरामा युक्रेनी जनताहरू आशावादी रहेको उनको भनाइ छ।
शुक्रबार साँझ ह्वाइट हाउसमा भएको वार्तामा ट्रम्प र जेलेन्स्कीबीच वादविवाद भएको थियो। वार्तामा अेमरिकी उपराष्ट्रपति जेडी भान्स पनि सहभागी थिए। वार्ताको क्रममा भान्सले जेलेन्स्कीमाथि संयुक्त राज्य अमेरिकाको अपमान गरेको आरोप लगाएका थिए। ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई धेरै पटक हप्काएका थिए।
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास गरेको आरोप पनि लगाए। ट्रम्पले औंला उठाउँदैभने, 'तपाईंले कुनै चाल चल्न सक्नु हुँदैन। तपाईँले लाखौं मानिसहरूको जीवनसँग खेलिरहनुभएको छ। तेस्रो विश्वयुद्धको सम्भावनामाथि जुवा खेल्दै हुनुहुन्छ। तपाईं यो देशको नै अपमान गर्दै हुनुहुन्छ।'
यो पनि पढ्नुस्:
प्रतिक्रिया दिनुहोस !