लन्डन आइपुगे जेलेन्स्की, भने- खनिज सम्झौता गर्न तयार छौं, अमेरिकाको सहयोग बिना रुससँग लड्न सकिन्न

लन्डन आइपुगे जेलेन्स्की, भने- खनिज सम्झौता गर्न तयार छौं, अमेरिकाको सहयोग बिना रुससँग लड्न सकिन्न

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत आइपुगेका छन्। बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गर्न उनी लन्डन आइपुगेका हुन्। शुक्रबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्को विवाद भएलगत्तै जेलेन्स्की लन्डनका लागि प्रस्थान गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

चर्को विवादका बावजुद जेलेन्स्कीले अमेरिकाप्रति आभार प्रकट गरेका छन्। उनले ट्वीटर्माफत् अमेरिकाले गरेको समर्थनप्रति आभार प्रकट गरेका हुन्। 'म चाहन्छु कि अमेरिका हाम्रो पक्षमा अझ दृढतापूर्वक उभियोस्। उनीहरूको समर्थन बिना रुसी आक्रमणविरुद्ध लड्न निकै गाह्रो छ,' उनले भनेका छन्। 

उनले आफूहरूलाई अमेरिकी सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। 'कठिन संवादका बीच हामी रणनीतिक साझेदार बनेका छौं। हाम्रा साझा उद्देश्य पूरा गर्न हामीले एकअर्कालाई इमान्दार भएर बुझ्नु जरुरी छ,' उनले भनेका छन्।

अमेरिकासँग हुने भनिएको खनिज सम्झौता हुन नसके पनि जेलेन्स्कीले उक्त सम्झौतामा हस्ताक्षर गर्न आफूहरू तयार भएको बताएका छन्। 'खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौं। तर अमेरिकाले सुरक्षा ग्यारेन्टीचाहिँ गर्नुपर्छ,' उनले भनेका छन्। सुरक्षा ग्यारेन्टी बिना युद्धविराम हुन नसक्ने र यो युक्रेनको लागि खतरनाक रहेको उल्लेख गरेका छन्। उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सुझाव दिए, 'तपाइँ युद्ध अन्त्य गर्न चाहनुहुन्छ, राम्रो कुरा हो। तर, हामीभन्दा बढी शान्ति यहाँ कसैले चाहेको छैन।'

उनले रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग युद्धविराम गर्नुको कुनै तुक नरहेको बताए। 'पुटिनसँग युद्धविराम गरेर काम छैन। उनले दस वर्षमा २५ पटक युद्धविराम तोडेका छन्,' उनले भने। उनले रुसप्रति युक्रेनको अडान परिवर्तन नहुने स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.